
शिव म्युजिक प्रा.लि. एक नाफामुलक कम्पनी हो । यस कम्पनी ऐन,२०६३ को दफा ५ को उप दफा (१) बमोजिम यो नेपाल सरकार उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगतको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता कायम कम्पनी हो । यस कम्पनीले विगत लामो समय देखी गीत संगीतको क्षेत्रमा काम गर्दै आईरहेकोछ ।
प्रतिलिपि अधिकार ऐन,२०५९ को दफा ३९ बमोजिम गीत–संगीतका स्रष्टा सर्जकहरुको रोयल्टी संकलन गर्न २०६४ सालमा संगीत रोयल्टी संकलन समाज नेपाल गठन भएको संस्था हो । जसले गीत–संगीतका सार्वजनिक प्रयोगकर्ताहरुले तिर्नु पर्ने रोयल्टीको मापदण्ड प्रतिलिपि अधिकार नियमावली,२०६१ को दफा १० को उप खण्ड (ग) रोयल्टी संकलनको मापदण्ड बनाई लागु गर्ने,कानूनी अधिकारलाई प्रयोग गरि रोयल्टीको नयाँ मापदण्ड संगीत रोयल्टी संकलन समाज नेपालले बनाएको छ । उक्त नयाँ मापदण्ड अनुसार गीत–संगीतको सार्वजनिक प्रयोग कर्ताहरुबाट रोयल्टी संकलनका लागी संगीत रोयल्टी संकलन समाज नेपालले नेपाल भित्रको सबै सेक्टरका रोयल्टी संकलन गर्न शिव म्युजिक एजेन्सीलाई नियुक्त गरेको छ । गीत संगीतको रोयल्टी संकलन गर्न कानूनी अधिकार प्राप्त गरेको कम्पनी हो ।