१४ जेठ २०८३, बिहिबार

रोयल्टी के हो ?

सम्पत्ति दुई प्रकारका हुन्छन् भौतिक सम्पत्ति र बौद्धिक सम्पत्ति । हरेक सम्पत्तिको मूल्य हुन्छ भौतिक सम्पत्तिको मूल्य,भाडा,मोल आदि नामले चिनिन्छ भने बौद्धिक सम्पत्तिको मुल्यलाई कृतिश्व वा रोयल्टी भनिन्छ । गीत–संगीत बौद्धिक सम्पत्ति हुन् राज्यलाई तिर्ने रकमलाई राजश्व,तिरौ,कर भनिन्छ त्यस्तै गरि भौतिक सम्पत्तिलाई तिर्ने रकमलाई मूल्य भनेझै गीत–संगीत (बौद्धिक सम्पत्ति)को मालिक रचयिता स्रष्टालाई तिर्ने कृतिश्वलाई रोयल्टी भनिन्छ । रोयल्टी यस्तो एउटा अनिवार्य तिर्नु पर्ने कृतिश्व हो,जसलाई बौद्धिक सम्पत्तिका सार्वजनिक प्रयोगकर्ताले प्रयोग गरेको पिच्छे तिर्नुपर्ने हुन्छ । रोयल्टी नतिरी गीत–संगीत (बौद्धिक सम्पत्ति) को प्रयोग गर्नु कानूनी अपराध हो । जसको लागि प्रतिलिपि अधिकार ऐन,२०५९ मा दण्ड सजायको व्यवस्था गरिएको छ ।

२. रोयल्टी किन तिर्ने ?

गीत–संगीत बौद्धिक सम्पत्ति भित्र पर्दछ रोयल्टी नतिरी नविन सिर्जना तथा आविष्कारहरुको प्रयोग गर्दा महान स्रष्टा आविष्कारकहरुलाई घोर अन्याय हुन्छ भनेर नै आज भन्दा करिब डेढ शताब्दी अघिदेखि बौद्धिक सम्पत्तिको प्रयोग गरेवापत रोयल्टी तिर्ने प्रथाको शुरुवात भएको हो । बौद्धिक सम्पत्तिको रोयल्टी तिर्ने मुलुकहरु आज सम्पन्नशाली र विकसित छन् । तर बौद्धिक सम्पत्तिको कदर नभएका मुलुकहरु पिछाडिएका र गरिब छन् । यो बुझेर नै नेपालले बौद्धिक सम्पत्तिको संरक्षण गर्न बनेको संयुक्त राष्ट्रसंघको वर्न महासन्धि,रोम महासन्धिमा हस्ताक्षर गरेर स्रष्टा सर्जकको अधिकारलाई पूर्ण संरक्षण गर्ने प्रतिबद्धता गरेको छ । बौद्धिक सम्पत्तिलाई नेपालको संविधान,२०७२ को भाग ३ मौलिक हक र कर्तव्य अन्तरगतको धारा २५ मा सम्पत्तिको हकमा अन्य सम्पत्ति सरह बौद्धिक सम्पत्तिको हक प्रदान गरेको छ । त्यसैले राष्ट्रलाई समृद्ध बनाउन र कानूनी कारवाहीबाट जोगिन बौद्धिक सम्पत्तिको सार्वजनिक प्रयोग वापत रोयल्टी अनिवार्य रुपले तिर्नुपर्दछ ।

३. रोयल्टी नतिरे के हुन्छ ?
तपाईको भौतिक सम्पत्ति अर्काले सित्तैमा प्रयोग ग-यो वा हडप्यो भने तपाई के गर्नुहुन्छ ? अवश्य पनि तपाई उसलाई कानूनी कारवाही गर्नु हुन्छ । त्यसका लागि कानूनले ढण्ड जरिवानाको व्यवस्था गरेको हुन्छ । त्यस्तै गरि गीत–संगीत (बौद्धिक सम्पत्ति) को पनि कसैले रोयल्टी नतिरी सार्वजनिक प्रयोग ग-यो भने प्रतिलिपि अधिकार ऐन,२०५९ ले तोकेको कसुरको मात्र अनुसार दश हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म जरिवाना वा छ महिना सम्म कैद वा दुवै सजाय हुनेछ । दोस्रो पटक देखि पटकै पिच्छे बीस हजार रुपैया देखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ । गलत कार्यमा प्रयोग भएका सामग्री जफत गर्ने एवं नोक्सानी वापतको क्षतिपुर्ति भराउने समेत कानूनी व्यवस्था छ । यस बाहेक रोयल्टी नतिर्नु वा छलि गर्नुबाट रोयल्टी भित्र रहेको राज्यले पाउने करको हिस्सा समेत छली हुने हुनाले राजश्व छलि सम्बन्धी अपराधमा कानूनले तोके बमोजिमको कारवाहीको समेत भागिदार बन्नुपर्ने स्थिति आउछ ।
रोयल्टी दक्षिणा होइन अधिकार हो ।
–स्रष्टाले रोयल्टी नपाए संस्कृति मासिन्छ ।
–सृजना स्रष्टाको बौद्धिक सम्पत्तिहो ।
– रोयल्टी तिर्नु भनेको आफूलाई सभ्य र राज्यलाई समृद्ध बनाउनु हो ।
–गीत–संगीत सित्तैमा प्रयोग नगरौँ ।

४. गीत–संगीतको रोयल्टी कसलाई तिर्ने ?
प्रतिलिपि अधिकार ऐन,२०५९ को दफा ३९ बमोजिम गीत–संगीतका स्रष्टा सर्जकहरुको रोयल्टी संकलन गर्न २०६४ सालमा संगीत रोयल्टी संकलन समाज नेपाल गठन भएको संस्था हो । जसले गीत–संगीतका सार्वजनिक प्रयोगकर्ताहरुले तिर्नुपर्ने रोयल्टीको मापदण्ड प्रतिलिपि अधिकार नियमावली,२०६१ को दफा १० को नियम (ग) रोयल्टी संकलनको मापदण्ड बनाई लागु गर्ने, कानूनी अधिकारलाई प्रयोग गरि रोयल्टीको मापदण्ड बनाई गीत–संगीतका सार्वजनिक प्रयोगकर्ताहरुले संगीत रोयल्टी संकलन समाज नेपालमा र यस संस्थाकै खातामा मात्र रोयल्टी संकलन गर्ने गरी संस्थाले गीतसंगीतको रोयल्टी संकलन गर्न नियुत्त गरेको शिव म्युजिक एजेन्सी हो ।  संगीत रोयल्टी संकिलन समाज नेपाल

Read Previous

सर्जक, सृजना र सम्पति

Read Next

प्रतिलिपी अधिकारमा पात्र र प्रवृत्तिको पाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *