१५ जेठ २०८३, शुक्रबार

होटल, रेष्टुरेन्टदेखि सार्वजनिक यातायातमा गीत बजाउँदा पैसा तिर्नुपर्ने, नतिरे कारबाही

काठमाडौँ । संगीत रोयल्टी संकलन समाज नेपालले होटल तथा रेष्टुरेन्ट एसोसिएसन, रेडियो, टेलिभिजन, इभेन्टभेन्यु लगायतलाई रोयल्टी तिर्न भन्दै पत्र काटेको छ । यी संस्थामा गीतसंगीतको सार्वजनिक प्रयोग भएको र त्यस बापतको रोयल्टी नतिरिएको भन्दै रोयल्टी तिर्न पत्राचार गरेको हो ।

‘नेपाली तथा विदेशी गीतसंगीत तपाईँको संस्था, संस्थाका सदस्यले सार्वजनिक प्रयोग गर्ने भएको हुँदा सो प्रयोग गरेबापत निज संस्थाले रोयल्टी बापतको भुक्तानी गरेको नपाइएको छ’, पत्रमा अगाडि भनिएको छ, ‘अविलम्ब रोयल्टी भुक्तानी गरिदिनका लागि सूचना प्रकाशित गरी त्यहाँका सम्पूर्ण सदस्यहरूलाई सूचित गरिदिनुहुन अनुरोध गर्दछौँ ।’ समाजले संगीत रोयल्टी संकलनका लागि आफ्नै आधिकारिक संस्था भएको जनाउँदै संरक्षित अधिकारको उल्लङ्घन गरिएको पाइएमा दण्ड सजाय समेतको व्यवस्था भएको प्रति सचेत गराएको छ ।

संगीत तथा रोयटी संकलन समाजका महासचिव बि.पाण्डे (बद्री पाण्डे)ले सार्वजनिक गीतसंगीत प्रसार गर्ने सबैलाई पत्र काटेको बताए । समाजले सार्वजनिक गीतसंगीत प्रसार गर्ने को–को हो भनेर एउटा पहिचान गरेको र ती सबैसँग रोयल्टीका लागि पत्रचार हुने उनको धारणा रहेको छ ।

‘सार्वजनिक यातायात, क्याफे, पार्टी प्यालेस लगायत विभिन्न ठाउँ जहाँ म्युजिक अत्यधिक प्रयोग हुन्छ’, पाण्डेले भने, ‘ती सबैले रोयल्टी तिर्नुपर्छ । त्यसको प्रक्रियामा हामी छौँ ।’ रातोपाटी

Read Previous

एजेन्सी मार्फत संगीत रोयल्टी उठाउन थालियो

Read Next

संगीत रोयल्टी : अनामनगरका विद्यालय, रेस्टुरेन्टमा हरियो र रातो स्टिकर टाँसियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *