१५ जेठ २०८३, शुक्रबार

मेला महोत्सवमा बजाइने गीत रोयल्टीको दायरामा ल्याउन कानुनी अप्रेसनको तयारी: अध्यक्ष अधिकारी

काठमाडौं । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले मेला महोत्सवमा बजाइने गीत रोयल्टीको दायरामा ल्याउन कडा कानुनी अप्रेसनको तयारी भइरहेको बताएका छन् ।

अध्यक्ष अधिकारी फेसबुकमा लेख्छन्, ‘अहिले देशभर महोत्सवको माहोल छ । गायक-गायिकाहरु भ्याईनभ्याई व्यस्त हुनुहुन्छ । महोत्सव आयोजकहरु मात्रै हैन, कलाकारहरुको ठेक्का लिने बिचौलियाहरु पनि राम्रै कमाइबाट सन्तुष्ट हुनुहुन्छ । तर महोत्सवको रौनक बढाउने र मनोरञ्जनमय माहोल सिर्जना गर्ने त्यति राम्रा शब्दहरु र धुनहरु सिर्जना गर्ने रचनाकार, संगीतकार, स्रष्टा-सर्जकहरु महोत्सवबाट आफूले पाउनुपर्ने रोयल्टीबाट पूर्णतया विमुख,शोषित र पीडित हुनुहुन्छ । जताततै म्युजिक ट्र्याकहरु प्रयोग भएका छन,ट्र्याकमा लगानी गर्ने ध्वनिअङ्कन उत्पादकहरु चिल्लै र जिल्लै छन् ।’

मेला महोत्सवमा बजाइने गीत रोयल्टी दायरामा आउन नसकेको भन्दै अधिकारीले चासो व्यक्त गरेका छन् ।

अधिकारी अगाडि लेख्छन्, ‘अब स्रष्टा सर्जकहरु, उत्पादक र आफ्ना गीतहरु अरुले गाई दिएर अन्यायमा परेका ओरिजिनल प्रस्तोताहरु समेत संगठित हुनु जरुरी छ । आफ्नो अधिकार हनन् हुन नदिन एउटा गहन कदम चाल्नु छ र त्यस सम्बन्धमा स्रष्टा प्रस्तोता उत्पादक र आयोजकहरुबीच सहकार्यको खाँचो छ । रोयल्टी संकलन समाज यस सम्बन्धमा सबै संघ-संस्थाहरुसँगको सहकार्यमा एउटा कडा कानुनी अप्रेसनको तयारीमा लागेको छ । लुटमार सैह्य थिएन र छँदै छैन । यो खास अप्रेसन हुँदा को-को फन्दामा पर्छन्, त्यो पनि हामीलाई थाहा छ । यो भने सबैले थाहा पाइराखुन् कि त्यसपछि अपराधीको रोइलो सुनिने छैन । कारवाहीसम्म अवश्य लगिनेछ ।’ सारांश

Read Previous

संगीत रोयल्टीका चुनौती र सम्भावना

Read Next

गीत–संगीतको रोयल्टी के हो ? किन र कसलाई तिर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *